प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त



काठमाडौं ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन ।

शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।

प्रतिक्रिया दिनुहोस्