सतर्कताको सिंहदरबारमा छड्के चेक



काठमाडौं 

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के चेक गरेको छ । बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीमाथि छड्के गरेको हो ।

कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरबारको दक्षिण गेटमा बसेर चेकजाँच गरेको हो ।

सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीको परिचय पत्र हेर्दै उनीहरूको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेत टिपोट गरेर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्