नागरिक उड्डयन प्राधिकरणद्वारा महानगरका मेयर साहलाई ७ दिने स्पष्टिकरण



काठमाडौँ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा बिहीबार भत्काएपछि आज प्राधिकरणले मेयर शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।

स्पष्टीकरणमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं.३० को जग्गा यस प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो,उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डे समेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगरप्रहरीलाई आदेश दिई मिति २०८०-२-३२ मा फिनिसिङ तालवार काट्न लाग्दा नगर प्राुखको आदेश बमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनि जवाफ दिएकाले सो तारवार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईको समेत प्रतक्ष सम्लग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न हुन प्राधिकरको मिति २०८०-२-३२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’

यसैगरी प्राधिकरणले म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ । प्राधिकरणले शाहलाई सोधेको स्पष्टिकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्