यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित



काठमाडौं ।

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बिनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा शुक्रबार गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई निलम्बिन गरिएको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले १९ जेठमा महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । सोही महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी पालको गल्ती देखिएसँगै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्