प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल जारी



काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ । हिजो (बिहिबार)देखि शुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफल आज पनि जारी छ ।

बैठकमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमी, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबारे सांसदहरूले आआफ्नो धारणा राख्नेछन् ।

यी मन्त्रालयले विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट संसदबाट बहुमतले पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्