नेकपा (एस) समाजवादी मोर्चामा सहभागी हुने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समाजवादीले मोर्चामा सहभागी हुने निर्णय गरेको छ ।

आज (शुक्रबार) विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

समाजवादी मोर्चामा आफ्नो पार्टी सहभागी हुने जगन्नाथ खतिवडाले बताए । उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक गृहकार्य पूरा भइसके बताए । यसमा साथै खतिवडाले दुई चार दिनभित्रै मोर्चा घोषणा हुने दाबी गरे ।

समाजवादी मोर्चामा अहिलेसम्म नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्