प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत अनुमोदित


काठमाडौं । संसदीय सुनुवाई समितिले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ ।

बिहीबार प्रस्तावित प्रधान न्यायाधीश कार्कीले समितिमा आफ्नो कार्ययोजना पेश गरेका थिए । शुक्रबार उनलाई समितिका सांसदहरुले प्रश्न गरेका थिए ।

सांसदहरुले कार्कीलाई नियुक्ति प्रक्रिया, अदालतमा बिचौलिया, उनको छोटो कार्यकाल लगायतका विषयमा प्रश्न गरेका थिए ।

जवाफमा कार्कीले आफूले सबै प्रश्नको जवाफ दिन नसक्ने भन्दै इजलासका फैसला प्राज्ञिक रुपमा मात्रै आलोचना गर्न पाइने बताएका थिए ।

सवाल(जवाफपछि समिति सभापति पशुपति शमशेर जबराले कार्कीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदित गरेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।