प्रतिनिधि सभाको बैठकमा विनियोजन बजेटमाथि छलफल जारी



काठमाडौं । संघीय संसद्अन्तगर्त प्रतिनिधि सभाको बैठक बसेको छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बसेको हो ।

आज (बिहीबार) विहान ११ बजेदेखि बैठक शुरू भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा आगामी आथिर्क वर्ष २०८०/८१ को विनियोजित बजेटमाथिको छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा हुने छलफलअन्तर्गत वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

त्यस्तै विनियोजन विधेयक, २०८० अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि माननीय सदस्यहरूबाट खर्च कटौँतीको प्रस्ताव प्रस्तुत हुने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस्