गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ



धनगढी । 

कैलालीको गोदावरी नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–२ नमस्ते होटलको गल्ली स्थित पुनम सिजालीमगरको घरमा कोठा डेरा गरी बस्ने २० वर्षीय बिरेन्द्र वड र २४ वर्षीय विनोद दियाल आफ्नै घरबाट लागुऔषधसहित पक्राउ परेका हुन् ।

वड १९० मिलीग्राम र दियाल ८५० मिलीग्राम लागुऔषधसहित आज पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्