किर्ते कागजातका आधारमा नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ



पाँचथर । 

किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोजेको अभियोगमा पाँचथर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसम निवासी उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बे छन् ।

गंगाप्रसाद र सुमितले यसअघि पनि पटक-पटक नागरिकता बनाउने प्रयास गरेकोमा पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका बखत उनीहरूले ल्याएका कागजात जाँच गर्दा सुमित भारतीय नागरिक भएको खुलेपछि पक्राउ गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीलेब ताए ।

पक्राउ परेका दुवैलाई प्रहरीले बुधबार पाँचथर अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया सुरु गरेको छ । अनुसन्धानले गंगाकी श्रीमतीको पहिलो विवाह भारतीयसँग भएको थियो । गंगासँग दोस्रो विवाह गरेर आएपछि गंगाले प्रक्रिया पुर्‍याएर अंगीकृत नागरिकता बनाइदिएका थिए । सुमितले भारतबाटै नागरिकता लिनका साथै मतदाताले परिचयपत्र पनि बनाएको प्रमाण भेटिएको प्रशासन स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्