जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


काठमाडौं।

काठमाडौं महानगरपालिका-३ महाराजगंज बाँसबारी धारापाटीस्थित ५७ वर्षीया शिला गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा शिला गुरुङ समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ४ सय ५० रूपैयाँ, ३ बुक तास र बिस ओटा सिमीका दानासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।