डोटीमा शंकास्पद वस्तु फेला


डोटी ।

डोटीमा शंकास्पद वस्तु फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण कार्य भइरहेको अवस्थामा भित्ता साइडको माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो । पुरानो खिया लागेको शंकास्पद वस्तु तारसहितको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

सो स्थानलाई प्रहरीले सुरक्षित राखेर आवश्यक जाँचबुझका लागि नेपाली सेनाको प्राविधिक टोलीसँग जिल्ला प्रहरी कार्यालय डोटीले समन्वय गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।