नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन


नयाँ दिल्ली ।

भारतको भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झण्डा देखाएर नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन गरिएको छ ।

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएर कार्गाे रेल सेवा उद्घाटन गरेका हुन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

 योसँगै अब भारतबाट नेपालमा कार्गोमार्फत सामान ल्याइनेछ । साथै बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइसकेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।