श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक बढाउन सिफारिस


काठमाडौं ।

श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको छ। आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ बनाउन सिफारिस गरिएको हो। मन्त्री शर्माले यो प्रस्तावलाई मन्त्रिपरिषद् बैठठकमा लाने बताएकी छिन्।

‘मन्त्रालयमा आन्तरिक छलफलल गरेर यो प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजान्छु,’ मन्त्री शर्माको भनाई उदृत गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरी कार्कीले बताए।

यदि मन्त्रिपरिषबाट पारित भए आगामी आर्थिक वर्षदेखि उक्त सिफारिस अनुसार पारिश्रमिक तोकिने छ । यसअघि पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ६ सय तोकिएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।