साढे तीन महिना देखि बेपत्ता महिलाको शव फेला


नुवाकोट  ।

नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ । गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका-२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका-१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कपडा र झोलाको आधारमा उनको पहिचान खुलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।