कम्बोडिया पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौँ ।

कम्बोडिया पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. १ स्थाई घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. ३ माकलबारी बस्ने २९ बर्षीय सिद्धार्थ तामाङ रहेका छन्।

उनले लाल बहादुर खत्री समेत २ जनालाई वैदेशिक रोजगारीमा कम्बोडिया पठाईदिन्छु भनी मासिक १ लाख भन्दा बढी तलवमा क्यासिनोमा काम लगाइदिने प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार शिवचोकबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।