हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला


सप्तरी।

सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।

रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडक खण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका वडा नम्वर २ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो ।

तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।