आज पनि एमालेको केन्द्रिय समिति बैठक बस्दै, अध्यक्ष ओलीले जवाफ दिने



काठमाडौं ।

नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । गत बिहिवारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतिबाट गोकर्ण बिष्टबाट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित,

उपत्यका बिशेष प्रदेशबाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामुहिक छलफल सुरु गरिएको थियो ।

आज बस्ने बैठकले समुहगत छलफलपछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्