विष सेवनवाट सप्तरीमा एक बालिकाकाे मृत्यु


सप्तरी ।

विष सेवनबाट एक १३ बर्षिया बालिकाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवकाे मृत्यु भएकाे हाे । धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

बालिका तिरहुत गाउँपालिका- ४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिईन्, सुरूमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिए पनि पछि धरान लगिएकाे हाे । मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।