मोरङमा अशक्त किशोरी बलात्कृत


विराटनगर।

मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कृत भएकी छन् ।

बेलबारी नगरपालिका-७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरिएको छ । बस्नेत विराटनगर-बाहुनी चल्ने यात्रुबहाक बसका सह-चालक हुन् ।

घटना गत आइतबार राति ९:३० बजेतिरको भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

सह-चालक बस्नेतले पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने किशोरीलाई मकैबारीतिर लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । पीडितका बुवाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।