पिप्रहरमा घडियाल काव्य उत्सव

0
Shares

नवलपरासी।

संकटापन्न जीव गोही संरक्षणमा सचेतना जगाउने उद्देश्यले पूर्वी नवलपरासीमा घडियाल उत्सव सुरु भएको छ ।

घडियाल उत्सवको संघीय सांसद प्रा.डा.शशाङ्क कोइरालाले शुक्रवार दीप बालेर उद्घाटन गर्नु भयो ।
नारायणी लगायतका देशका ठूला नदीनालामा विचरण गर्ने घडियाल गोही नदी प्रदूषणका कारण सङ्कट पर्दै गए पछि यसको संरक्षणमा चासो बढ्दै गएको छ ।

स्थानीय हेप्पी एफएमले २०७५ सालमा पहिलो पटक घडियाल उत्सवको आयोजना गरेको थियो ।
यस पटक संरक्षण विद,जन प्रतिनिधि ,सरोकार पक्ष तथा साहित्यकाे उपस्थितमा दुई दिने दोस्रो घडियाल काव्य उत्सवको आयोजना गरिएको प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए ।

कार्यक्रम  पिप्रहर सामुदायिक हाेम स्टेमा पहिलो दिन चरा,घडियाल लगायत नदीमा आश्रित जीव जनावरकाे संरक्षणमा देखिएका चुनौती र संरक्षणका उपायका विषयमा छलफल गरिएको थियो ।
दोस्रो दिन शनिवार विभिन्न कवि कवयत्रीहरूबाट घडियाल काव्य उत्सवमा संरक्षण मुखी कविता वाचन हुने पत्रकार एवं साहित्यकार आदर्श सुशीलले बताउनुभयो ।