लागूऔषधसहित दुई दिदीबहिनी पक्राउ

0
Shares

झापा ।
झापा भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी महिला लागूऔषधसहित पक्राउ परेका छन् ।

बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर  बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई ७६ ग्राम ३४० मिलिग्राम  ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।