विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या


भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

 काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग  सुस्मिताको विवाह तय भइसकको थियो ।

तर, बिहीबार आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको अवस्था सुस्मितालाई भेटिएको परिसरका एसपी प्रजित केसीले जानकारी दिए । उनको साथबाट भेटिएको सुसाइड नोटमा आफैंले आत्महत्या गरेको र पिर नगर्न भनिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।