बारा-२ मा उपेन्द्र यादव भारी मतले विजयी



बारा । बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव भारी मतले विजयी भएका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै यादव विजयी भएका हुन् ।

यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्