सापकोटाले लिए सञ्चार रजिष्ट्रारको शपथ



हेटौंडा ।

वागमती प्रदेश सरकारले सन्धुपाल्चोकको चौतारा संगाचोकगढी नपा–४ का रेवतीप्रसाद सापकोटालाई सञ्चार रजिष्ट्रारमा पुनः नियुक्त गरेको छ ।

प्रदेश सञ्चार माध्यम ऐन, २०७५ को दफा ३१ बमोजिम उहाँलाई चैत २८ को बैठकको निर्णयअनुसार नियुक्त गरिएको हो ।

उहाँलाई आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शपथ गराउनुभएको छ । ४ वर्षका लागि नियुक्त सापकोटालाई आइतबार शपथ गराइएको हो ।
शपथ कार्यक्रममा मन्त्रालयका सचिव ध्रुव गैंडाको सभाध्यक्षता तथा मन्त्रालयका उपसचिवद्वय अनुशील सापकोटा र दीपक न्यौपानेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्