आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने भएको हो । बैठकमा सम्भावित दुई कार्यसूची छन् ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

दोस्रो कार्यसूचीमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ सम्बन्धी छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्