मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या


मुगु   

मुगुमा एक प्रहरी जवानले आत्म हत्या गरेका छन् ।  जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का बुवा देब भक्त बुढाका छोरा वर्ष २६ का अनिल बुढाले बुधवार दिउँसो  २:४५ बजेतिर आत्म हत्या गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डी आत्महत्या गरेको गरेको जनाएको छ ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई यस जिल्ला प्रहरी कार्यालय मुगुमा काज खटि आई अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरिक्षक महेशले बताए । उनका अनुसार मृतक बुढाको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भई रहेको बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।