राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित



काठमाडौं ।

राष्ट्रिय सभाले मंगलबार दुईवटा विधेयक पारित गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ । राष्ट्रिय सभाको अर्को बैठक २७ चैत सोमबार दिउँसो १ः०१ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्