बारा-२ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने लोसपाको निर्णय


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बारा २ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लोसपाले बारा २ मा महतोलाई उपनिर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

धनुषा ३ छोडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले पराजित गरेका थिए ।

महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए । आसन्न बैशाख १० मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।