कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज (बिहीबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुने विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि अनुमोदन गर्ने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्