सञ्चार क्षेत्रमा अझै पनि टेक्निकल तथा प्राविधिक समस्या छ : अध्यक्ष ओली

सेल्फी खिज्दा ढिला भयो



बुटवल  ।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  मिडिया सामु धेरै बोल्नु भनेको जानकारहरूलाई जिस्काउनु सरह हुने भएको बताउनु भयो ।

कार्यक्रममा आमन्त्रण गरेको भन्दा करिब साढे ३ घण्टा ढिलो पुग्नु भएका ओलीले पाल्पाको रानी महलमा  सेल्फी खिच्दा ढिला भएको भन्दै सहभागीलाई सनाउनु भएको थियो ।

बुटवलमा बुधवार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०४६ साल पछि सञ्चार क्षेत्रले नयाँ फड्को मारेको बताउँदै  टेलिभिजन क्षेत्रमा टेक्निकल तथा प्राविधिकको समस्या भने अझै कायम रहेको औँल्याउनु भयो।

अध्यक्ष ओलीले आधुनिक प्रविधि  र टेक्नोलोजीलाई नेपालमा व्यापकता बनाउन जरुरी रहेको भन्दै टिम वर्क लाई प्राथमिकता दिन आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्