राष्ट्रपति पौडेललाई खगेन्द्र संग्रौलाको व्यंग्य- जुन जोगी आए नि कानै चिरेको, झोलै भिरेको



काठमाडौं । वाम विश्लेषक खगेन्द्र संग्रौलाले राष्ट्रपति रामचन्द्र पौडेललाई तीखो व्यंग्य गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत पौडेललाई व्यंग्य गरेका हुन् ।

संग्रौलाले राष्ट्रपति पौडेललाई धर्म र जातनिरपेक्ष राष्ट्रका साझा राष्ट्रपति नभई धर्म र जाति शेषका राष्ट्रपति हुने भए भन्दै व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपति रामचन दा पशुपतिनाथ, गोरखनाथ, कुमारी आदिको दर्शन र पूजनको दौडाहामा व्यस्त र मस्त । यी मान्यवर पनि धर्मनिरपेक्ष र जातनिरपेक्ष राष्ट्रका साझा राष्ट्रपति नभई धर्म र जाति शेषका राष्ट्रपति हुने भए । हिजोका एकपक्षीय हिन्दु राजा जस्तै ! जुन जोगी आए नि कानै चिरेको, झोलै भिरेको !’

पौडेल राष्ट्रपति निर्वाचन भएलगत्तै पशुपतिनाथ, गोरखनाथ र कुमारी मन्दिरमा पुगेरै दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्