१२ लाख नगदसहित १ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय सञ्जय खनाल रहेको प्रहरीले जनाएको छ । खनाललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्