सोमबार एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने भएको हो ।

बैठकमा समसामयीक राजनीतिक विषयमा छलफलका बताइएको छ । यसका साथै सरकारमा संलग्न हुने वा नहुने विषयमा बैठक बस्न लागेको एकीकृत समाजवादीले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा संलग्न भए पार्टीबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । एकीकृृत समाजवादीले कम्तिमा तीनवटा मन्त्रालयको दावी गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिएपछि कांग्रेससहितका पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्