संघीय संसद् भवनमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । आइतबार बिहान साढे १० बजे उक्त समितिको बैठक बसेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेका हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकवाट प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिनेबारे निर्णय गर्न लागेको हो ।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्