प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार कतार भ्रमणमा जाने भएका छन् ।

१९ फागुन शुक्रबार अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानममन्त्री प्रचण्ड कतारको दोहा जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनिे द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाली राजदूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा समेत सहभागी भएर प्रधानमन्त्री प्रचण्ड २२ फागुन सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।