प्रधानमन्त्रीबाट धोकाको राजनीति भयो : प्रदीप ज्ञवाली



काठमाडौँ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको छाएको बताएका छन । यस निर्णयसंगै सत्ता गठवन्धनको भविष्यसमेत अनिश्चित बनेको उनको भनाइ छ।

उनले गठवन्धनको सबैभन्दा बढी लाभ लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले नै गठबन्धनका सहयात्री दललाई धोका दिएको बताए। उनले भने, ‘प्रधानमन्त्री दाहालले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाए । अब हामीले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’

यसबारे एमालेले भोलि सचिवालय बैठक बसेर पार्टीको आफ्नो धारणा बाहिर ल्याउने पनि उनले बताए।

यसअघि आज साँझ बालुवाटारमा बसेको माओवादी केन्द्र र नेपाली कांग्रेस सहितका ८ दलको बैठकले नयाँ गठबन्धन बनाएर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्