भारतीय विदेश सचिव क्वात्राको साना दलका शीर्ष नेताहरूसँग भेटवार्ता



काठमाडौं । नेपाल–भारत सचिव स्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले साना दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । आज (मंगलबार) क्वात्राले आफ्नो भेटघाटलाई ती नेताहरुसँग भेटवार्ता जारी राख्ने नेपालस्थित राजदूत स्रोतले जनाएको छ ।

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पाटर्रुी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

हिजो सचिवस्तरिय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री विमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्