पोखराको लेकसाइडमा आगलागी



कास्की। पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ ।

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत छन् । सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्