चापागाउँमा चित्रकला तालिम शुरु


ललितपुर । गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा आधारभुत चित्रकला तालिम शुरु भएको छ । योङ पिकासो अ कम्युनिटी स्कुल अफ फाइन आर्टको आयोजना तथा सो वडाको सहकार्यमा वडा भित्रका किशोरकिशोरी तथा युवाहरुको सिप विकासका लागि आइतबारदेखि आउँदो आइतबारसम्म उक्त काम शुरु भएको हो ।

वडाध्यक्ष नीलबहादुर देशारले चित्रकलामार्फत आफूहरुले वडावासीलाई राष्ट्रका साथै अन्तरराष्ट्रिय रुपमा अघि बढाउने योजना अनुरुप उक्त कामलाई अघि बढाएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “ चित्रकलाले मानिसको सोचलाई उजागर गर्ने भएकाले यसले लुकेको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्नेछ ।”

सो वडाका सचिव पूर्ण महर्जनले कला बिना मानिस रहन नसक्ने भएको धारणा राख्दै चित्रकारको भविष्य अतिनै राम्रो भएकाले सो तवरको व्यक्ति उत्पादन गर्नु वडाको दायित्व भएको गोदावरीका अन्य वडाभन्दा पहिला आफूहरुले उक्त काम शुरु गरेको सुनाउनुभयो ।

श्री बज्रवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर महर्जनले दैनिक किताव पढ्नुले मात्रै किशोरकिशोरीमा सबै कुराको पूर्ण नगराउने विचार व्यक्त गर्दै कला सम्बन्धि ज्ञान लिनु पनि महत्वपूर्ण विषय भएकाले चित्रकला मार्फत लुकेको प्रतिभा पाउन सकिने आँैल्याउनुभयो ।

पिकासोका निर्देशक तथा चित्रकार अजय देशारले चापागाउँ मल्लकालीन समयदेखि ऐतिहासिक ठाउँ रहेको बताउँदै सो ठाउँको चित्रलाई क्यान्भासमा उर्तान सक्दा चित्रकारका भविष्यले नयाँ गति पाउने मत व्यक्त गर्नुभयो । उक्त चित्रकला तालिममा कला मार्फत आफ्नो भविष्य देख्ने विभिन्न उमेर समुहका मानिसले सहभागिता जनाइरहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।