यूएईमा नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

0
Shares

काठमाडौं ।

कतारमा रहेका नेपाली प्रवासी रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका छन्।

सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए।

पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिहरूबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्।

Skip This