स्रोत नखुलेको ४० लाखभन्दा बढी रकमसहित चार जना पक्राउ



काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको ४० लाखभन्दा बढी भारतीय रूपैयाँसहित जना जना भारतीय नागसरकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (बिहीबार) बिहान उक्त रूपैयाँसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी ईनर्वा पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद भारू२० लाख रूपैयाँसहित २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
त्यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँसहित ३ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका–१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमानसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमानसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्