पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल अस्पताल भर्ना


काठमाडौं ।

पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल वीरेन्द्र सैनिक अस्पताल भर्ना भएका छन् । कटवाल मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् ।

नियमित डायलासिस गराउँदै आएका कटवाल स्वास्थ्यमा जटिलता आएसँगै बुधबार छाउनीस्थित वीरेन्द्र सौनिक अस्पतालमा भर्ना भएका थिए  ।

उनकाे स्वास्थ्य अवस्था थप जटिल भएपछि आइसियूमा भर्ना गरिएकाे हाे। सैनिक अस्पतालका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले अहिले आईसीयूमा उपचार भइरहेको जानकारी दिए  ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।