काठमाडौं ।
एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन् ।
एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन् । उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ । सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन् ।
जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ ।











प्रतिक्रिया