सरकारले गरेको सूचनाको वर्गीकरणको निर्णयप्रति नेपाल प्रेस युनियनले आपत्ति



काठमाडौं । सरकारले गरेको सूचनाको वर्गीकरणको निर्णयप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले गरेको उक्त निर्णय फिर्ता गर्न आग्रह गरेका हुन् ।

संविधान र कानून अनुसार सबै नागरिकलाई सूचना प्राप्त गर्ने अधिकार सुरक्षित गराए पनि सरकारले सूचनाको वर्गीकरण गर्ने निर्णय गरेर राज्य संयन्त्रमा बसेकाहरुको सूचना गोप्य राख्ने प्रयत्न गरेको भन्दै यसबाट भ्रष्टाचारजन्य गतिविधिलाई प्रश्रय दिन खोजेको आरोप छ ।

सूचनाको हक सम्बन्धि ऐन ३०६४ को ३(३) मा भएको व्यवस्था अनुसार नागरिकले पाउनुपर्ने सूचनालाई बन्देज गर्न खोजिएको भन्दै सरकारको उक्त निर्णय सच्याउन चेतावनी दिएको छ ।

सबै सार्वजनीक पद धारण गरेका व्यक्तिहरुका कतिपय सूचनाहरु व्यक्तिगत नभई सार्वजनीक हुने भएकाले सरकारले त्यस्ता व्यक्तिहरुका सार्वजनीक सूचना लुकाउने मनसायले गरिएको निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएको अध्यक्ष लम्सालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्