देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना : तीन जनाको मृत्यु



काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भु चौमतिमा प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा.८१ प १७८६ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका–२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बारा, सिम्रौनगढ नगरपालिका–११ भगवानपुरस्थित सडकमा ना.६ त ६३४९ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०१५प १४९७ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक आदर्श कोतवाल गाउँपालिका–४ बस्ने १८ वर्षीय मोजाफ अंसारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी दैलेख, नारायण नगरपालिका–१ स्थित सडकमा भे.२ त १४७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–१० बस्ने २२ वर्षीय रमेश बिकको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मुत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्