स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थीलाई जिताउन जसपाको निर्देशन



काठमाडौं । आसन्न चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई जिताउन जसपाले मातहतका समितिलाई निर्देशन दिएको छ ।

हिजो (सोमबार) स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई जिताउन पार्टी मातहतका सम्पूर्ण संघ–संगठनहरूलाई जनता समाजवादी पार्टी (जसपा)द्वारा जारी गरिएको परिपत्र अनुसार निर्देशन दिइएको हो ।

त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न क्याम्पसहरूमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई आवश्यक पहल, अभियान र सहयोग गर्न, गराउन मातहतका समितिहरूलाई जसपा नेपालले परिपत्र गरेको छ ।

परिपत्रमा भनिएको छ, ‘निर्वाचनको लागि जनता समाजवादी पार्टीसँग आवद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी यनियनलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र चुनाव जिताउनको लागि पार्टीको नगर, महानगर, जिल्ला र प्रदेश समितिले विद्यार्थी चुनाव सम्बन्धी विशेष योजना र कार्यक्रम तय गरी समाजवादी विद्यार्थी युनियनसँग समन्वय गरी व्यापक रूपमा अभियान नै सञ्चालन गनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्