नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन भाेलि



काठमाडौं ।

वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन शुक्रबार हुँदैछ ।

अधिवेशनमा ४ वटा प्यानल होमिएको छ ।  चारवटा प्यानलमध्ये एमालेनिकटका मेनपावर व्यवसायीको प्यानलबाट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

भण्डारीको प्यानलबाट प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १० जना सदस्य गरी १७ जनाको टीम चुनावी मैदानमा छ । विभिन्न प्यानलबाट अध्यक्षदेखि सदस्यसम्म ५६ जनाकाे  उम्मेदवारी रहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्