नेवाः देय् दबू ललितपुरको अध्यक्षमा रवीन्द्र



ललितपुर ।

देशभरका नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू ललितपुर शाखाको पहिलो अधिवेशनले रवीन्द्र शाक्यको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले सो कार्यसमिति चयन गरेको हो।समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त डंगोल,उपाध्यक्षमा मदन श्रेष्ठ,सचिवमा बुद्धलक्ष्मी महर्जन,कोषाध्यक्षमा नानीहेरा शाक्य रहनुभएको छ।

त्यस्तै सदस्यहरु राजु शाक्य, अमिनराज महर्जन,रमिता बज्राचार्य, रमेश तण्डुकार,बाबुराज बज्राचार्य, निर्मल डंगोल,दशराज तण्डुकार, पशुपति तुलाधर,सुदन शाक्य, अनिता अवाले, राम महर्जन र संविता डंगोल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्