विमान दुर्घटनापछि प्रधानमन्त्री प्रचण्ड विमानस्थलमा



काठमाडौं ।

पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको यती एयरलाइन्सको जहाजको बारेमा जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमानस्थल पुगेका छन् ।

उनले उद्धार कार्यमा कुनै ढिलाई नगर्न सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्